कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

हिमाल प्रेस ७ जेठ २०८१ १४:०० | Monday, May 20, 2024
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित विरोध जनाउँदै कांग्रेस सांसद। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरेपछि अध्यक्षले बैठक स्थगित गरेका हुन्।

कांग्रेसले बैठक शुरु हुनासाथ उठेर विरोध गरेपछि अध्यक्ष नारायण दाहालले राष्ट्रिय सभाको बैठक जेठ ८ गते मंगलबार १ : १५ बजे बस्ने गरि स्थगित गरेका हुन्।

कांग्रेसले सहकारी ठगी प्रकरणमा नाम जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आइरहेको छ।

प्रकाशित: ७ जेठ २०८१ १४:०० | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast