दुर्घटनामा विवाद हुँदा हत्या

हिमाल प्रेस ६ जेठ २०८१ १६:३७ | Sunday, May 19, 2024
दुर्घटनामा विवाद हुँदा हत्या

इटहरी- इटहरी उपमहानगरपालिका ७ मा एक युवकको हत्यामा संलग्न एक पुरुषलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा ३३ वर्षीय उमेश चौधरी रहेका छन्। उनले खुकुरी प्रहार गरी इटहरी ७ का २८ वर्षीय भीम भनिने रामकुमार पण्डितको हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

इटहरी उपमहानगरपालिका ००१ ह ०३५ नम्बर सिटी सफारी र साइकल एकापसमा ठक्कर भएर दुर्घटना हुँदा सिटी चालक रहेका चौधरी र साइकलयात्री पण्डितबीच सामान्य विवाद भएको थियो।

उक्त विवादका क्रममा चौधरीले पण्डितलाई शरीरको विभिन्न भागमा खुकुरी प्रहार गर्दा पण्डितको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न चौधरीलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर सार्वजकि गरेको हो। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ६ जेठ २०८१ १६:३७ | Sunday, May 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast