प्रतिनिधिसभा बैठक बस्दै, अवरोध गर्ने कांग्रेसको तयारी

हिमाल प्रेस ४ जेठ २०८१ ६:०३
4
SHARES
प्रतिनिधिसभा बैठक बस्दै, अवरोध गर्ने कांग्रेसको तयारी

काठमाडौँ- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ। हिजो प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो।

आजकाे बैठककाे सम्भावित कार्यसूचीमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेकाे सम्बोधनको प्रति टेबुल गर्ने विषय रहेकाे छ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१” पेस गर्ने कार्यसूची पनि रहेकाे संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

सहकारीको बचत रकमबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ। संसदीय छानबिन समिति नबनेसम्म संसद् अवरोध जारी राख्ने कांग्रेसले बताएको छ।

हिजोको बैठकमा प्रतिपक्षको अवरोधकाबीच सभामुख देवराज घिमिरले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए। उनले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिँदा कांग्रेस विरोधमा उत्रिएपछि बैठकमा धकेलाधकेल भएको थियो।

सो क्रममा कांग्रेस सांसद धनराज गुरुङले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अपमान गरेको भन्दै नेकपा माओवादी, रास्वपा र एमालेले कांग्रेसले माफी माग्नुपर्ने बताएका छन्।

आजकाे कार्यसूची

प्रकाशित: ४ जेठ २०८१ ६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast