झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

हिमाल प्रेस ३ जेठ २०८१ १७:३९ | Thursday, May 16, 2024
झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबारमापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ७९ अङ्कले उकालो लागेर २ हजार १८ दशमलव ७६ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २७ अङ्कले उकालो लागेर ३५८ दशमलव ३७ मा पुगेको छ। कूल ८२ लाख ८२ हजार ५५६ कित्ता सेयर ४ अर्ब २३ करोड ३८ लाख १६ हजार ४०३ रुपैयाँ मूल्य बराबर कारोबार भएको छ।

हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, सिर्जनशील लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। स्वाभिमान लघुवित्त ९ दशमलव ९४, सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ६१ प्रतिशतले कमाएका छन्।

माण्डु हाइड्रोपावर ५ दशमलव ७६, पिपल्स पावर ५ दशमलव २६, नेपाल फाइनान्स ४ दशमलव १२, एभरेष्ट बैंक ३ दशमलव ९४ र लक्ष्मी उन्नति कोषका लगानीकर्ताले ३ दशमलव ९२ प्रतिशतले गुमाएका छन्।

प्रकाशित: ३ जेठ २०८१ १७:३९ | Thursday, May 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast