पाथीभरामा एक महिनामा ६९ लाखभन्दा बढी भेटी संकलन

हिमाल प्रेस ३ जेठ २०८१ ९:०२ | Thursday, May 16, 2024
पाथीभरामा एक महिनामा ६९ लाखभन्दा बढी भेटी संकलन

ताप्लेजुङ- मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरामा एक महिनामा ६९ लाख ३२ हजार चार सय रुपैयाँ भेटी संकलन भएको छ।

वैशाखमा संकलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो।

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले संकलित भेटी बैंक दाखिला गरिएको बताए। समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ।

गत महिना ५१ हजार ८०४ जनाले देवीको दर्शन गरेका थिए । चालु आर्थिक वर्षको वैशाखसम्ममा दुई लाख २० हजार २७२ जना पाथीभरा आएका समितिले जनाएको छ। रासस

प्रकाशित: ३ जेठ २०८१ ९:०२ | Thursday, May 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast