सभामुख देवराज घिमिरे।
काठमाडौँ- संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित गर्न नपाएकोमा सभामुख देवराज घिमिरेले गम्भीररूपमा लिएको जनाएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरोध गरेसँगै मंगलबार धन्यवाद प्रस्ताव पारित हुन सकेको थिएन।
कम्तीमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न दिन उनले दलहरूलाई आग्रह गर्दै आएका छन्।
यसविषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सभामुखले छलफल गर्ने भएका छन्।
प्रकाशित: २ जेठ २०८१ ८:४३ | Wednesday, May 15, 2024
प्रतिक्रिया





