समाजवादीनिकट अनेरास्ववियूले कार्यशाला गोष्ठी गर्ने

हिमाल प्रेस ३१ वैशाख २०८१ १२:५८ | Monday, May 13, 2024
समाजवादीनिकट अनेरास्ववियूले कार्यशाला गोष्ठी गर्ने

काठमाडौँ- नेकपा एकीकृत समाजावादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थी दिवसको अवसरमा गोष्टी गर्ने भएको छ। जेठ १ र २ गते गोष्ठी गर्न लागिएको अखिलले जनाएको छ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा आगामी मंगलबार र बुधबार हुने ‘आजको पुँजीवाद, शिक्षा प्रणाली र विद्यार्थी आन्दोलन’ विषयक गोष्ठीमा देशभरबाटसमेत विद्यार्थी सहभागी हुने अनेरास्ववियूकी अध्यक्ष आरती लामाले जानकारी दिइन्।

आफ्नो आन्दोलनको इतिहासको स्मृतिमा दिवस मनाउन लागिएको भए पनि गोष्टीमा नेपालको विद्यमान शैक्षिक प्रणालीका विविध आयामहरुमाथि गम्भीर छलफल हुनेछ,’ लामाले भनिन्, ‘गोष्ठीमा विद्यार्थी आन्दोलनको विगतको सिकाइ र आजको तयारीबारे गहिरो विमर्श हुनेछ।

‘गोष्ठीमा खासगरी नेपालको शिक्षा प्रणालीमा विश्व पूँजीवादको प्रभाव, समाजवादी शिक्षा, शिक्षण विधि राजनीति र विचारको लडाइँ, विश्वविद्यालय जीवनमा नवउदारवादको प्रभाव तथा समाजवादी शिक्षाको आगामी बाटो जस्ता विषयहरुमा छलफल हुने छ,’ अध्यक्ष लामाले भनिन्।

प्रकाशित: ३१ वैशाख २०८१ १२:५८ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast