डुबेर दुई किशोरीको मृत्यु

हिमाल प्रेस ३१ वैशाख २०८१ ९:४५ | Monday, May 13, 2024
डुबेर दुई किशोरीको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ- डडेल्धुरामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ।

आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका-२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी दीपक पाठकले जानकारी दिए।

मृतक दुवै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल डडेलधुरामा राखिएको पाठकको भनाइ छ।

प्रकाशित: ३१ वैशाख २०८१ ९:४५ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast