बैंक लुट्‌न नसकेपछि सुरक्षा गार्डको हत्या गरी भागेका चन्द्रबहादुर चितवनबाट पक्राउ

हिमाल प्रेस ३० वैशाख २०८१ १८:१४ | Sunday, May 12, 2024
बैंक लुट्‌न नसकेपछि सुरक्षा गार्डको हत्या गरी भागेका चन्द्रबहादुर चितवनबाट पक्राउ

काठमाडौँ– सप्तरीको फत्तेपुरमा नेपाल बैंकका सुरक्षा गार्डको हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ। सप्तकोशी नगरपालिका– ५ बस्ने ३२ वर्षका चन्द्रबहादुर सुवेदीलाई सोही नगरपालिका – २ का पर्शुराम फुयाँलको हत्या अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सप्तकोशी नगरपालिका– १, फत्तेपुरमा रहेको नेपाल बैंकका शाखामा लुटपाट गर्ने उद्देश्यले गत शुक्रबार मध्यराति छिरेका सुवेदीले तीन घण्टासम्म प्रयास गर्दा पनि नसकेपछि धारिलो हतियार प्रयोग गरी सुरक्षा गार्डको हत्या गरेका थिए।

लगत्तै फरार भएका उनलाई दुई दिनपछि प्रहरीले चितवनको राप्ति नगरापालिका–१ लोथरबाट पक्राउ गरेको हो।

उनको साथबाट घटनामा प्रयोग भएको खुकुरी, हेकसो वलेड, रेञ्च, पिलास, डोरी र रड, घटनाको समयमा बोकेको झोला पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले  जानकारी दिए।

प्रकाशित: ३० वैशाख २०८१ १८:१४ | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast