राजकमल फकिरकाे निर्देशनमा ‘गिल्टी अर नट गिल्टी’ मञ्चन

हिमाल प्रेस ३० वैशाख २०८१ १३:३३ | Sunday, May 12, 2024
2
SHARE
राजकमल फकिरकाे निर्देशनमा ‘गिल्टी अर नट गिल्टी’ मञ्चन

काठमाडौँ- टेकुस्थित कौसी थिएटरमा आगामी जेठ ३ देखि २६ गतेसम्म नाटक ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुने भएको छ। नाटक रसियन-अमेरिकन लेखक अयन र्‍यान्डको नाटक ‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’मा आधारित छ।

नाटकको निर्देशन तथा डिजाइन रङ्गकर्मी राजकमल फकिरले गरेका छन्। निर्देशक फकिरका अनुसार नाटकमा अग्रवाल इन्भेष्मेन्ट भेन्चरका सञ्चालक राधेश्याम अग्रवाल पात्रको १९औं तलाबाट खसेर मृत्यु भएपछिको अदालतमा उनको हत्या हो कि आत्महत्या भन्ने बहस प्रस्तुत गरिनेछ।

रहस्य र थ्रीलर जनरामा बनेको नाटकमा विजय ताम्राकार, समापिका गौतम, रुपेश लामा, जेम्स ढकाल, अशोक गौतम, विजया पौडेल, आभास अधिकारी, नवीन चन्द्र अर्याल, अरुण पौडेल, सुष्मा निरौला, सदिन लुइँटेल, लगायत कलाकारको अभिनय छ।

फकिर ड्रिमको प्रस्तुति रहेको नाटकको ध्वनि संयोजन नरेश गजुरेलले गर्नेछन्। भने प्रकाश डिजाइन आशान्त शर्माको रहने छ। नाटक मंगलबार बाहेक साताको प्रत्येक दिन बेलुका ५ः३० बजे र शनिबा दिउँसो १ बजेको अतिरिक्त सो हुनेछ।

प्रकाशित: ३० वैशाख २०८१ १३:३३ | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast