‘लण्डन टु पेरिस’ को टिजरमा प्रेम, रोमान्स र धोका

हिमाल प्रेस २८ वैशाख २०८१ १५:३१ | Friday, May 10, 2024
‘लण्डन टु पेरिस’ को टिजरमा प्रेम, रोमान्स र धोका

काठमाडौँ-  फिल्म ‘लण्डन टु पेरिस’ को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले ओएसआर डिजिटल युट्युब च्यानलबाट टिजर सार्वजनिक गरेको हो।

एक मिनेट ५७ सेकेन्डको टिजरमा लण्डनबाट घुम्दै पेरिस पुगेका दुई युवायुवतीबिचको प्रेम, रोमान्स र धोका देखाइएको छ। फिल्मको मुख्य भूमिकामा कलाकार साम्राज्ञी आरएल शाह र नव कलाकार निश्चल खड्का छन्।

घनश्याम लामिछाने निर्देशित फिल्ममा अन्य कलाकार गरिमा शर्मा, कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिश गान्धीको अभिनय छ। प्रदीप भारद्वाजले फिल्मको कथा, पटकथा र संवाद लेखेका हुन्। फिल्म आगामी जेठ २५ मा प्रदर्शन हुनेछ।

अमित बस्नेतले निर्माण गरेको फिल्मका निर्मातामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना  हुन्। सनिश खकुरेल र अजित केआर थापा सह-निर्माता रहेको फिल्मकाे कार्यकारी निर्मातामा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी छन् ।

अभेद परव र कुनाल कदमले छायांकन गरेको फिल्म सजु चन्द्रनको सम्पादन, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, लङ्गनेस फर्नान्डेजको कोरियोग्राफी छ।

यस्ताे छ टिजर

प्रकाशित: २८ वैशाख २०८१ १५:३१ | Friday, May 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast