सीआईबी
काठमाडौँ- काठमाडौंको ठमेलबाट दुई चिनियाँ नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हुन्डी कारोबारको आशंकामा उनीहरूलाई पक्राउ गरेको हो।
ठमेलको होटल ज्याङ्सुबाट पक्राउ परेका उनीहरूको साथबाट करिब ४५ लाख रुपैयाँ बरामद पनि भएको छ। सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको बताए। उनीहरू हुन्डी कारोबारमा संलग्न भएको सूचना पाएपछि प्रहरीले केही दिनदेखि त्यस क्षेत्रमा उनीहरूको निगरानी गरिरहेको थियो।
प्रकाशित: २५ वैशाख २०८१ १२:२२
प्रतिक्रिया



