एन्टोन चेखवकाे कथा ‘बाजी’ मञ्चन गर्दै रविन

हिमाल प्रेस १७ वैशाख २०८१ १८:०६ | Monday, April 29, 2024
एन्टोन चेखवकाे कथा ‘बाजी’ मञ्चन गर्दै रविन

काठमाडौँ- रंगकर्मी रविन परियारको निर्देशनमा नाटक ‘बाजी (द बिट) मञ्चन हुने भएको छ। नाटक यहि वैशाख २४ देखि बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुन लागेको हो।

यो नाटक रूसका कथाकार एन्टोन चेखवको कथा (द बिट) मा आधारित छ। चेखवले सन् १८८९ मा लेखेको कथालाई रविनलेनै नेपालीमा नाट्य रुपान्तरण गरेका छन्।

नाटकमा ज्ञानलाई मानिस रुपान्तरण हुने संवाहक रुपमा प्रस्तुत गरिएको निर्देशक रविनले बताए। ‘ज्ञानकै कमीले मानिस गलत बाटोमा लागिरहेका हुन्छन्।’ उनले भने ‘उनीहरुले समयमै असल ज्ञान प्राप्त गरे भने सही बाटोमा लाग्न सक्छन् भन्ने नाटकको  माध्यमबाट देखाउन खोजेका छौँ।’

चेखव आफुलाई मनपर्ने नाटककार तथा कथाकार भएकोले उनको यो कथा नाटकमा देखाउन लागेको निर्देशक रविनले बताए। नाटकमा गोविन्द ओली, सुमित भण्डारी, सुशीला विश्वकर्मा, धनराज सुनार, अनुप तिमिल्सिना, रविन परियार र जय प्रकाश ताजपुरियाको अभिनय रहनेछ।

नाटकमा अनुप तिमिल्सिनाले संगीत संयोजन गरेका छन्। नाटकको सेट परिकल्पना र निर्माणमा धनराज सुनार र गोविन्द ओली छन्। भने संगीत सञ्चालन अरविन्द कुमार मौर्यले गर्नेछन्। नाटकको प्रकाश व्यवस्थापनमा प्रेम चन्द पाण्डेय रहनेछन्। भने वेषभूषा संगीता उराँवको छ।

शिल्पी थिएटरकै प्रस्तुति रहेको नाटक वैशाख ३० गतेसम्म हरेक दिन साँझ साढे पाँच बजे मञ्चन हुनेछ।

प्रकाशित: १७ वैशाख २०८१ १८:०६ | Monday, April 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast