‘मनसरा’ को गीत ‘झ्यालको’

हिमाल प्रेस १७ वैशाख २०८१ १६:२२ | Monday, April 29, 2024
‘मनसरा’ को गीत ‘झ्यालको’

काठमाडौँ- फिल्म ‘मनसरा’को गीत ‘झ्यालको’ सार्वजनिक भएको छ। गीत सोमबार जी ट्वान्टी वान डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। हर्क साउदको शब्द रहेको गीतमा सनुप पौडेल र झुमा लिम्बूको स्वर छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधानको अभिनय छ। उपेन्द्र सुब्बा निर्देशित फिल्म यही वैशाख २१ गते प्रदर्शन हुनेछ।

फिल्ममा अन्य कलाकार शान्ति गिरी, लोकमणि सापकोटा, विद्या कार्की, लक्ष्मण विक्रम वस्नेत, सरोज अर्याल, क्षीतिज लिम्बू, बिशाल लिम्बू, बासु खनाल, सुनिल तामाङको अभिनय छ।

कबड्डी फिल्मस्को ब्यानरमा बनको फिल्मका निर्माता छायांकार शैलेद्र ध्वज कार्की हुन्। निर्देशक सुब्बाकै लेखन रहेको फिल्म शैलेन्द्र ध्वज कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादनमा बनेको छ।

यस्ताे छ गीत

प्रकाशित: १७ वैशाख २०८१ १६:२२ | Monday, April 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast