नित्याशिवाको स्वरमा ‘आमा तिमी मेरो संसार’

हिमाल प्रेस १७ वैशाख २०८१ १२:४९ | Monday, April 29, 2024
नित्याशिवाको स्वरमा ‘आमा तिमी मेरो संसार’

काठमाडौँ- गायिका नित्याशिवाको स्वरमा ‘आमा तिमी मेरो संसार’ बोलको गीत सार्वजनिक भएको छ। गीतकार शंकर अधिकारी घायलको शब्द रहेको गीतमा गायक तथा संगीतकार बाबुल गिरीले संगीत भरेका छन्।

राजिव शाहले गीतको मिक्सिङ मास्टरिङ र संगीत संयोजन  गरेका छन्। आमाको ममतालाई गीतमा प्रस्तुत गरिएको छ। भने भिडियोमा  बाआमालाई बृद्धाआश्रम छोड्ने प्रवृति अन्त्य गर्नुपर्ने सन्देश दिन खोजिएको छ।

गीतकार घायलकै निर्देशनमा बनेको गीतको भिडियोमा गायिका नित्याशिवा, उनी आमा माया कटुवाल, बहिनी सुनीता कोइराला, छोरी दिप्सिका कोइरालाको अभिनय छ। त्यस्तै छोराको भूमिकामा अर्जुन पोखरेल, बुहारीको भूमिकामा सजिना लामिछानेले अभिनय गरेकी छन्।

दिवश गुरुङले छायांकन गरेको गीतको भिडियो ओम खड्काको सम्पादन छ। गीतको भिडियो राजन श्रेष्ठ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

 

 

प्रकाशित: १७ वैशाख २०८१ १२:४९ | Monday, April 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast