नेकपा एस मकवानपुरको अध्यक्षमा दाहाल

हिमाल प्रेस १६ वैशाख २०८१ ९:५३ | Sunday, April 28, 2024
नेकपा एस मकवानपुरको अध्यक्षमा दाहाल तस्बिर रामकुमार एलनको फेसबुकबाट

मकवानपुर- नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा विष्णुप्रसाद दाहाल चयन भएका छन्।

सो पार्टीको हेटौँडामा आज सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट दाहालको अध्यक्षतामा ५८ सदस्यीय जिल्ला कमिटी निर्विरोध चयन भएको हो।

समितिको उपाध्यक्षमा कल्पना विश्वकर्मा, सचिवमा ध्रुवकुमार भुजेल, उपसचिवमा टंकप्रसाद मोक्तान, कविन पन्त र बेगम बराल चयन भएको नेकपा एकीकृत समाजवादी मकवानपुरले जनाएको छ।

समितिको सदस्यमा सुकराम केसी, ज्ञानेन्द्र देवकोटा, रमेशकुमार राई, बिएन शर्मा, बलराम बल, राजु अधिकारी, गजेन्द्र कन्दगङ्वा, मनोज वाइबा, धन मोक्तान, शुक्रदेवी बल, सरस्वती तिम्लिसिना, रजनी तिवारी, शान्तिप्रिय बन्दनालगायत चयन भएका छन्।

अधिवेशनको पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेका थिए।

प्रकाशित: १६ वैशाख २०८१ ९:५३ | Sunday, April 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast