शेखरकाे प्रश्न- डढेलोको क्षति बढेको बढ्यै छ,सरकार किन असंवेदनशील?

हिमाल प्रेस १४ वैशाख २०८१ ८:४६ | Friday, April 26, 2024
शेखरकाे प्रश्न- डढेलोको क्षति बढेको बढ्यै छ,सरकार किन असंवेदनशील?

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले डढेलोले गर्ने क्षति बर्सेनि बढिरहेको भन्दै यो विषयमा सरकार संवेदनशील हुनुपर्ने बताएका छन्।

आज सामाजिक  सञ्जालमार्फत नेता डा.कोइरालाले रोकथाम र न्यूनीकरणका लागि सरकार चुकिरहेको बताए।

उनले भने,‘यस वर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयौँ नेपालीको ज्यान गयो। अर्बौँको सम्पत्तिको नास भइसक्यो। कतै निभ्यो, कतै सल्किरहेको छ। बर्सेनि डढेलोका कारण हुने नोक्सानी बढ्दै छ,रोकथाम र न्यूनीकरणमा हामी कहाँ चुक्यौँ? नीतिमा कि व्यवहारमा? सरकार किन यति असंवेदनशील?’

प्रकाशित: १४ वैशाख २०८१ ८:४६ | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast