नेपालले घोषणा गर्‍यो वेस्टइन्डिजसँग मैदान उत्रिने टोली, आरिफ टिममा

हिमाल प्रेस १३ वैशाख २०८१ ११:३३ | Thursday, April 25, 2024
नेपालले घोषणा गर्‍यो वेस्टइन्डिजसँग मैदान उत्रिने टोली, आरिफ टिममा तस्बिर : क्यान

काठमाडौँ- आईसीसी टी-२० विश्वकपको तयारीका लागि वेस्टइन्डिज ‘ए’ विरुद्ध खेल्ने शृंखलाका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ ।

एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो।

युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ‘ए’ शृंखलामा छन्। उनी ओमानमा भने वैकल्पिक खेलाडीको भूमिकामा थिए।

वेस्ट इन्डिजबाट सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका १२ खेलाडी समेट्दै १५ सदस्यीय टोली नेपाल आइसकेको छ। ५ खेलको टि-२० शृंखला वैशाख १५ गते शनिबारदेखि सुरु हुँदैछ।

नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते , चौथो खेल वैशाख २० गते र पाँचौ तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ ।

नेपाली टोली :

रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहोरा, विवेक यादव, आकाश चन्द

वेस्टइन्डिज ‘ए’ टोली :

रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स ।

प्रकाशित: १३ वैशाख २०८१ ११:३३ | Thursday, April 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast