इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउन हङकङसँग भिड्दै नेपाल

हिमाल प्रेस ८ वैशाख २०८१ ७:४२ | Saturday, April 20, 2024
इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउन हङकङसँग भिड्दै नेपाल

काठमाडौँ- एसीसी प्रिमियर कपमा तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ। खेल अल अमेरत क्रिकेट ग्राउन्ड टर्फ १ मा आज दिउँसो सवा ४ बजे सुरु हुनेछ।

एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेट र दोस्रो सेमिफाइनलमा हङकङ घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएपछि तेस्रो स्थानको प्लेअफमा यी दुई टिम प्रतिस्पर्धा गर्न लागेका हुन्। यस खेलको विजेता टिमले इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउने छ।

इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीसहित प्रिमियर कपका शीर्ष ३ टोलीले सहभागिता जनाउने छन्।

प्रिमियर कपको समूह चरणमा दुवै टोली एकै समूहमा समावेश थिए। नेपाल समूहको विजेता र हङकङ उपविजेता रूपमा सेमिफाइनल पुगेका थिए। समूह चरणमा नेपालले हङकङलाई ८ विकेटले हराएको थियो।

समूह बीबाट आएका ओमान र युएई भने भोलि हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्ने छन्। विजेताले एसिया कपमा स्थान बनाउने छ।

फाइनल पुगिसकेका दुवै मध्यपूर्वी टोली इमर्जिङ टिम्स एसिया कपका लागी समेत छनोट भइसकेका छन् ।

प्रकाशित: ८ वैशाख २०८१ ७:४२ | Saturday, April 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast