यस्तो छ ‘मनसरा’ को ट्रेलर

हिमाल प्रेस ५ वैशाख २०८१ १७:२३ | Wednesday, April 17, 2024
यस्तो छ ‘मनसरा’ को ट्रेलर

काठमाडौँ- उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’ को ट्रेलर सार्वजनिक भएको छ। चार मिनेट २७ सेकेन्डको ट्रेलरमा प्रेम, घरायसी झगडा र विवाहोत्तर सम्बन्धलाई देखाइएको छ।

अभिनेता दयाहाङ राई हराएकी प्रेमिकाको खोजीमा छन्। यता कलाकार प्रवीण खतिवडा र मेनुका प्रधानबिचको घरायसी झगडा ट्रेलरमा देख्न सकिन्छ। त्यस्तै प्रवीण र मिरुनाको विवाहोत्तर सम्बन्ध रहेको पनि आँकलन गर्न सकिन्छ।

आगामी वैशाख २१ गते प्रदर्शन हुने फिल्ममा दया, मिरुना, प्रवीण र मेनुकासहित शन्ति गिरी, लोकमणि सापकोटा, विद्या कार्की, लक्ष्मण विक्रम वस्नेत, सरोज अर्याल, क्षीतिज लिम्बू, बिशाल लिम्बू, बासु खनाल, सुनिल तामाङको अभिनय छ।

कबड्डी फिल्मस्को ब्यानरमा बनको फिल्मका निर्माता छायांकार शैलेद्र ध्वज कार्की हुन्। निर्देशक सुब्बाकै लेखन रहेको फिल्म शैलेन्द्र ध्वज कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादनमा बनेको छ।

प्रकाशित: ५ वैशाख २०८१ १७:२३ | Wednesday, April 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast