सागर खातीको निर्देशनमा नाटक ‘टिकट टु हलिउड’ मञ्चन हुँदै

हिमाल प्रेस ५ वैशाख २०८१ १६:३३ | Wednesday, April 17, 2024
सागर खातीको निर्देशनमा नाटक ‘टिकट टु हलिउड’ मञ्चन हुँदै

काठमाडौँ- नाट्य कलाकार सागर खाती कामीको लेखन तथा निर्देशनमा नाटक ‘टिकट टु हलिउड’ मञ्चन हुने भएको छ। यही वैशाख ८ देखि २३ गतेसम्म थापागाउँस्थित मण्डला थिएटरकाे स्टुडियाेमा मञ्चन हुन लागेकाे हाे।

नाटकमा  युवाहरुको बढ्दो विदेसिने प्रवृतिलाई दुई पात्रकाे संघर्षमार्फत कमेडीमा शैलीमा प्रस्तुत गरिएको निर्देशक खातीले बताए।  पिलो प्लानरको प्रस्तुति रहेको नाटकमा कलाकार मिलन कार्की र सुदीप खतिवडाले अभिनय गरेका छन्।

नाटक सोमबार बाहेक साताको प्रत्येक दिन दिउँसाे चार बजे मञ्चन हुनेछ। साताको तीन दिन शुक्रबार, शनिबार र आइतबार राती साढे सात बजेको अतिरिक्त सोपनि हुने निर्देशक खातीले जानकारी दिए।

प्रकाशित: ५ वैशाख २०८१ १६:३३ | Wednesday, April 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast