नेपाल र साउदीबीचको खेलमा टस हुन ढिलाइ, ओभर घट्ने निश्चित

हिमाल प्रेस ५ वैशाख २०८१ १२:०८ | Wednesday, April 17, 2024
नेपाल र साउदीबीचको खेलमा टस हुन ढिलाइ, ओभर घट्ने निश्चित

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेलको मैदान हिलो भएका कारण टसमा ढिलाइ भएको छ।

ओमानको अल अमिरत क्रिकेट स्टेडियममा ११ :४५ बजे हुने खेलको टसमा ढिलाइ भएको हो। गए रातिको वर्षाका कारण मैदान भिजेको थियो।

नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनिसकेको छ।

मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो। निर्धारित भन्दा समय ढिला भएपछि खेलको ओभर घट्ने निश्चित भएको छ।

समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक छ।

दोस्रो स्थानको कतारले सबै खेल खेल्दा ४ अंक जोडेको छ। साउदी, मलेसिया र हङकङले अन्तिम खेलअघि २-२ अंक जोडेका छन्।

समूहको अन्तिम खेलमा नेपालले साउदीसँग खेल्दा मलेसियाले हङकङसँग भिड्नेछ। समूहमा कतारसहित चार टिमको दोस्रो हुने सम्भावना छ।

१० टिम सहभागी कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। अन्तिम खेलअघि ओमान शीर्ष स्थानमा रहदै ६ अंक छ। कुवेत र यूएईको ४-४ अंक छ।

अहिलेको अवस्थामा नेपालले कुवेत वा यूएईसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने देखिन्छ।

समूहमा शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ।

 

प्रकाशित: ५ वैशाख २०८१ १२:०८ | Wednesday, April 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast