विश्वविद्यालयको छाता ऐन बनाउनुपर्छ : प्रदीप पौडेल

हिमाल प्रेस ३ वैशाख २०८१ १७:०३ | Monday, April 15, 2024
विश्वविद्यालयको छाता ऐन बनाउनुपर्छ : प्रदीप पौडेल फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने बताएका छन्। सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफलमा भाग लिदैँ सांसद पौडेलले विश्वविद्यालयको छाता ऐन बनाउनुपर्ने बताए।

उनले विश्वविद्यालयको छाता ऐन बनाएर सोही छाता ऐनको प्रबन्धभित्र विश्वविद्यालयहरू खोल्न सकिने व्यवस्था गर्नुपर्ने बताए। उनले नेपाल विश्वविद्यालयको औचित्यको सम्बन्धमा पनि प्रश्न उठाए। उनले मानिसमा वास्तविक सीप भर्ने नयाँ तरिका नेपाल विश्वविद्यालयले के ल्याएको छ भनेर प्रश्न गरे।

उनले नेपालमा धेरै विश्वविद्यालयहरू भइसकेका भन्दै यतिधेरै विश्वविद्यालय किन चाहिएको हो भनेर पनि प्रश्न गरे। उनले विश्वविद्यालयको छाता ऐन नबनेमा धेरै क्याम्पसहरूलाई विश्वविद्यालयको रूपमा सम्बोधन दिनुपर्ने अवस्था आउने भन्दै छाता ऐन बनाउनुपर्नेमा जोड दिए।

सांसद पौडेलले विधेयकमा विश्वविद्यालयले के विषयमा दक्ष जनशक्ति उत्पादन गर्ने हो भन्ने कुरा प्रस्ट रूपमा नआएको बताए।

प्रकाशित: ३ वैशाख २०८१ १७:०३ | Monday, April 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast