सुजन बाग श्रेष्ठले छेडाए जिब्रो

हिमाल प्रेस २ वैशाख २०८१ १६:३७ | Sunday, April 14, 2024
सुजन बाग श्रेष्ठले छेडाए जिब्रो मध्यपुर थिमिको ऐतिहासिक बिस्काःजात्रासँगै हरेक वर्ष मनाइँदै आएको जिब्रो छेड्ने जात्रामा जिब्रो छेडेर नगर परिक्रमा गर्दै सुजन बाग श्रेष्ठ। तस्बिर : रासस

काठमाडौँ– भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ८ बोडेमा आइतबार जिब्रो छेड्ने जात्रा मनाइएको छ। जात्रामा स्थानीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेर नगर परिक्रमा गरेका थिए।

नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्रांगण रहेको पाटीस्थित मञ्चमा सुजन बागको जिब्रो छेडिएको हो। सुजनले गत वर्ष पनि जिब्रो छेडाएका थिए।

चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्रांगणमा लिंगो उठाएपछि जिब्रो छेड्ने चलन छ। जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महादीप बोकेर टोल टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा छ। जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बस्ने गर्छन्।

प्रकाशित: २ वैशाख २०८१ १६:३७ | Sunday, April 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast