इजरालयमा रहेका नेपालीलाई सुरक्षित स्थानमा रहन दूतावासको आग्रह

हिमाल प्रेस २ वैशाख २०८१ १३:४१ | Sunday, April 14, 2024
इजरालयमा रहेका नेपालीलाई सुरक्षित स्थानमा रहन दूतावासको आग्रह इजरायलमा भएको बमबारी।

काठमाडौँ- इरानले इजलायलमाथि आक्रमण गरेपछि तेलअभिभस्थित नेपाली राजदूतवासले इजरायलमा रहेका नेपालीहरूलाई सुक्षित स्थानमा रहन आग्रह गरेको छ। दूतावासले आइतबार एक सूचना जारी गर्दै नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन आग्रह गरेको छ।

परराष्ट्र्र प्रवक्ता अमृत राईले इजरायलमा रहेका नेपालीहरूका बारेमा तेलअभिभस्थित दूतावासले सूचना जारी गरेको बताए। उनले अहिले त्यहाँको अवस्थाबारे जानकारी लिने काम भइरहेको बताए।

गए राति इरानले इजलायलमाथि मिसाइल तथा ड्रोन आक्रमण गरेको थियो। सो आक्रमणपछि इजरायलमा विद्यालयसमेत बन्द गरिएका छन्। इरानको यो आक्रमणपछि मध्यपूर्वमा युद्ध विस्तार हुन सक्ने जोखमि बढेको छ। यसअघि हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपाली मारिएका थिए भने एक जना नेपाली अझै सम्पर्कबिहीन छन्।

प्रकाशित: २ वैशाख २०८१ १३:४१ | Sunday, April 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast