 
                             
                                            काठमाडौँ- गतवर्ष फागुनमा बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गरिएको नाटक ‘झोडा’ युट्युबमा सार्वजनिक भएकाे छ। नाटक चुलाचुली रंगमञ्चकाे युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
नाटकमा तराईमा झोडा फाँडेर बस्ने आदिवासी समुदायको कथा समेटिएको छ। २०२८ सालदेखि २०३२ सालसम्मको झोडाको संक्रमणकालीन समयलाई नाटकमा प्रस्तुत गरिएको छ।
नाटकमा मन कुमार योङ्गहाङ, रमिला राई (रमिता), उदय वेघा, बेन्वो सन्तोष, मनिस मगर (प्रविन), बविना राई, मिना नेम्बाङ, विपिसा राई, मनिक शंकर, युगल लिम्बू, दीपक खरेल, प्रविन भण्डारी, चेतना आचार्य र प्रिन्स तामाङको अभिनय छ।
याे पनि
नाटकमा प्रयोग भएको गीत सुन्दर कुरुप र ताया राईले लेखेका छन्। गीतमा ताया राई, स्वस्तिका लिम्बू र आशा सावाको स्वर छ। गीतमा बालकृष्ण राईले संगीत भरेका छन्। भने बासुरीमा एमपी मगर, मादलमा दिनेश विश्वकर्मा र गितारमा दिपेश मगर छन्। नाटकका निर्माता सुरेश माङ्पाहाङ राई हुन्।
गतवर्ष असाेजमा नाटक दमकस्थित किराँत भवनमा मञ्चन गरिएको थियो। नाटक चुलचचुली रंगमञ्च नामक युट्युब च्यानलबाट नाटक सार्वजनिक गरिएको हो।
हेरौँ नाटक ‘झोडा’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 