कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल

हिमाल प्रेस १ वैशाख २०८१ १७:३१ | Saturday, April 13, 2024
कतारविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ- ओमानमा जारी एसीसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा आज नेपालले कतारविरुद्ध टस जितेर पहिले ब्याटिङमा उत्रिएको छ।

नेपालले पावर प्लेमा एक विकेटको क्षतिमा ५६ रन बनाएको छ। ओपनर कुशल भुर्तेल ११ बल खेल्दै दुई चौकाको सहयोगमा १२ रन बनाएर आउट भए।

पहिले विकेट १८ रनमा गुमाएको नेपालको पारी याे समाचार तयार पार्दासम्म आशिफ शेख र कप्तान रोहित पौडेलले सम्हालिरहेका छन्। पहिलो ६ ओभरसम्म आशिफ ३० रन र कप्तान पौडेल १० रनमा बनाएर खेलिरहेका छन्।

आज नेपालको प्लेइङ ११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अभिनाश बोहोरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र कुशल मल्ल छन्।

प्रकाशित: १ वैशाख २०८१ १७:३१ | Saturday, April 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast