काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सडकबाट नयाँ वर्ष २०८१ सालकाे सुरुआत गरेका छन्।
उनले आज थापाथलीस्थित चोकमा चालक र यात्रुलाई मिठाई बाँडेर शुभकामनासहित सुरक्षित यात्राको कामना गरेका हुन्।
सो अवसरमा उनले जिम्मेवारीमा रहेका प्रहरीलाई नागरिकप्रति सभ्य व्यवहार गरेर काम गर्न निर्देशन दिएका थिए।
प्रकाशित: १ वैशाख २०८१ १६:४७
प्रतिक्रिया