‘लाल बादशाह’हरूको नयाँ चटक फेरि सुरु भयाे, युगौंदेखि ठगिएका जनतालाई केही समय झुलाउन सक्छ : बाबुराम

हिमाल प्रेस ३० चैत २०८० ८:५१ | Friday, April 12, 2024
‘लाल बादशाह’हरूको नयाँ चटक फेरि सुरु भयाे, युगौंदेखि ठगिएका जनतालाई केही समय झुलाउन सक्छ : बाबुराम डा. बाबुराम भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी महाधिवेशन आयोजक समिति संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ‘लाल बादशाह’ हरूको नयाँ चटकको मञ्चन फेरि सुरु भएको टिप्पणी गरेका छन्। वर्तमान नेपाली राजनीतिलाई लक्षित गर्दै डा.भट्टराईले एक्समा सो कुरा उल्लेख गरेका हुन्।

संयोजक डा‍.भट्टराईले ‘लाल बादशाह’ हरूको चटकले युगौंदेखि राणा, शाह, राजा, महाराजाहरूबाट ठगिदै आएका जनता र बेरोजगार युवालाई अझै केही समय झुलाउन सक्ने बताएका छन्।

उनले एक्समा उल्लेख गरेका छन्,‘‘लाल बादशाह’ हरूको नयाँ चटकको मञ्चन फेरि सुरु भएको छ। यिनका ‘कम्युनिज्म’ ‘राष्ट्रवाद’ आदि खोलमा बेचिने/बाँडिने ठगीका पुलिन्दाहरूले युगौंदेखि राणा/शाह/राजा/महाराजाहरूद्वारा ठगिदै आएका सामान्यजन र बेरोजगार युवाहरूलाई अझै केही समय झुलाउन सक्छ। तर माओले भने झैं ‘बादशाहलाई घोडाबाट खसाल्ने साहस’ नगरेसम्म जनता पूर्णमुक्त हुने छैनन्! सबैले अब आँखा खोलौं!!’

प्रकाशित: ३० चैत २०८० ८:५१ | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast