आईपीएल : आरसीबी र मुम्बई इन्डियन्सबीचकाे खेलमा बुमराहले लिए ५ विकेट

हिमाल प्रेस ३० चैत २०८० ६:५९ | Friday, April 12, 2024
आईपीएल : आरसीबी र मुम्बई इन्डियन्सबीचकाे खेलमा बुमराहले लिए ५ विकेट

काठमाडाैँ- इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ सिजनमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले लगातार चौथो हार बेहोरेको छ। मुम्बई इन्डियन्सले १५.३ ओभरमा १९७ रनको लक्ष्य पूरा गरेको थियो। चौथोपटक टोलीले १७ ओभर अगावै १९० रनको लक्ष्य हासिल गरेको हाे।

मुम्बईका फास्ट बलर जसप्रित बुमराहले मात्र २१ रन दिएर ५ विकेट लिए। उनी आरसीबीविरुद्ध ५ विकेट लिने पहिलो बलर बनेका छन्। आरसीबीका ग्लेन म्याक्सवेलले खाता पनि खोल्न सकेनन् उनी आईपीएलमा सबैभन्दा बढी १७ पटक शून्यमा आउट हुने खेलाडी बने।

जसप्रित बुमराहले आईपीएलमा दोस्रोपटक इनिङ्समा ५ विकेट लिएका छन्। यसअघि उनले २०२२ मा कोलकाताविरुद्ध १० रन दिएर ५ विकेट लिएका थिए। बुमराह आईपीएलमा दुईपटक ५ भन्दा बढी विकेट लिने पहिलो एमआई बलर बने। समग्रमा उनी आईपीएलमा यस्तो गर्ने चौथो खेलाडी बने। उनीभन्दा अगाडि जेम्स फलकनर, जयदेव उनाडकट र भुवनेश्वर कुमारले यस्तो गरेका छन्।

जसप्रित बुमराहले चौथोपटक आईपीएलमा एक इनिङमा ४ वा सोभन्दा बढी विकेट लिएका छन्। यस मामिलामा उनी एमआईका पहिलो बलर पनि बने। जम्मा ४ भारतीय खेलाडीले यो गरेका छन्। बुमराह बाहेक लक्ष्मीपति बालाजी, मोहित शर्मा र भुवनेश्वर कुमारले ४–४ पटक यस्तो गरेका छन्।

आईपीएल : मुम्बई इन्डियन्ससँग बैंगलोर ७ विकेटले पराजित

प्रकाशित: ३० चैत २०८० ६:५९ | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast