काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य कायम गरेको छ।
समितिका अनुसार गोलभेडा ठूलो (भारतीय) प्रति केजी न्यूनतम ७० रहेको छ भने अधिकतम ८० गोलभेडा सानो (लोकल) न्यूनतम ४०। अधिकतम ५० आलु रातो न्यूनतम ४० अधिकतम ४५ आलु रातो (भारतीय) न्यूनतम ३८ अधिकतम ४० रुपैयाँ कायम भएको छ ।
प्याज सुकेको (भारतीय) न्यूनतम ७० देखि अधिकतम ७५ काउली स्थानीय न्यूनतम २५ अधिकतम ३५ रुपैयाँ र बन्दा (लोकल) न्यूनतम २० अधिकतम ३० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको समितिले जनाएको छ ।
केरा दर्जन न्यूनतम १३० अधिकतम १४० र स्याउ (फूजी) प्रति केजी न्यूनतम ३०० अधिकतम ३५० रुपैयाँ कायम भएको छ।
हेर्नुहोस् कुन तरकारी तथा फलफूलको मूल्य कति?
प्रकाशित: २६ चैत २०८० ८:३५
प्रतिक्रिया