उपत्यकाका चार ठाउँमा स्वदेशी जुत्ता मेला

हिमाल प्रेस २१ चैत २०८० १६:३७
2
SHARE
उपत्यकाका चार ठाउँमा स्वदेशी जुत्ता मेला

काठमाडौँ- नयाँ वर्ष २०८१ का अवसरमा काठमाडौँ उपत्यकाका चार ठाउँमा जुत्ता चप्पल व्यापार महोत्सव आयोजना गरिएको छ। जुत्ताचप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समूह नेपाली जुत्ता घरले स्वदेशमा उत्पादित जुत्ताचप्पल र स्वदेशी ब्रान्डलाई आमउपभोक्ताको बीचमा परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरेको हो।

बुधबारदेखि काठमाडौँ-६ बुद्धमल बालाजु, न्युरोडमल न्युरोड, ललितपुरको कुमारीपाटी र सातदोबाटोमा व्यापार महोत्सव आयोजना भएको छ। महोत्सव समापनपछि चारै स्थानमा सबै सहभागी कम्पनीहरुको सहभागितामा स्थायी सोरूम नियमिति रुपमा सञ्चालन हुने मेला संयोजक होमनाथ उपाध्यायले बताएका छन्।

मेलामा नेपालमा स्थापित चर्चित जुत्ताचप्पल उत्पादक कम्पनी र ब्रान्डहरु रोयल सु इन्डस्ट्रीको उत्पादन रोयल सुज, बेस फुटवेयरको उत्पादन बीएफडियर हिल र बीएफ स्पोर्ट, लालिगुराँस फुटवेयरको क्रस रोड सुज, शुभकामना फुटवेयरको फस्टवाक सुज, डीजे सुज कम्पनीको डीजे सज, रन सुज इन्ड्रस्टजको रन सुज, कोसेली छालाजुत्ता उद्योगका कोसेली, स्मार्ट सुजका स्मार्ट गरि ८ वटा कम्पनी र ब्रान्डहरूको सहभागिता रहनेछ।

प्रकाशित: २१ चैत २०८० १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast