काठमाडौँ– होन्डाले नेपाली बजारमा नयाँ बाइक एनएक्स २०० भित्र्याएको छ। एनएक्स २०० बाइकलाई सिटी राइडिङ र लामो दुरीको यात्रा दुवैका लागि उपयुक्त मानिँदै आएको दाबी कम्पनीको छ। यसको ‘अप-राइट पोजिसन’ र टायरको ‘टफ ट्रेड प्याट्रन’ले आरामदायी यात्रा सुनिश्चित गर्दछ।
एनएक्स २०० मा उपलब्ध ‘वाइन्ड भाइजर’ र ‘एलईडी विंकर’ सहितको ‘नकल कभर’ले सुरक्षा फिचरलाई बढाउनुको साथै बाईकलाई झनै आकर्षक बनाएको होन्डाले जनाएको छ।
‘लिक्युइड क्लियर’ डिजिटल मिटर र चालकलाई पायक पर्नेगरी चाबी हाल्ने ठाउँ ट्यांकीमै हुनु पनि यसका अन्य विशेषता हुन्। १० वर्षसम्मको वारेन्टी प्याकेजमा पाइने एनएक्स २०० को सुरुवाती बिक्री मूल्य ४,७९,९०० रुपैयाँ तोकिएको छ।
प्रकाशित: २१ चैत २०८० १२:३०
प्रतिक्रिया