हुरीले ढालेको रूखले लाग्दा युवकको मृत्यु

हिमाल प्रेस १८ चैत २०८० ७:४८ | Sunday, March 31, 2024
हुरीले ढालेको रूखले लाग्दा युवकको मृत्यु प्रतीकात्मक तस्बिर।

पाल्पा- पाल्पाको तानसेनमा हावाहुरीले ढालेको रुखले लाग्दा स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ। घटनामा मोटरसाइकलमा सवार अन्य तीन जना सामान्य घाइते भएका छन्।

तानसेन नगरपालिका५ कैलासनगरका २० वर्षीय भुवन दर्लामीको रुखले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–डुम्रे सडकको जरेपिपल नजिकै शनिबार साँझ उत्तीस र सल्लाको रुख ढलेर लाग्दा लु ८१प ११३६ नम्बरको स्कुटर चालक दर्लामको मृत्यु भएको हो।

दर्लामी स्कुटरमा पाल्पाबाट बुटवलतर्फ जाँदै गर्दा ठूलो हावाहुरीमा परेका थिए।

स्कुटर रोकेर ओतिने क्रममा उनी ढलेको रुखले च्यापिएका हुन्। सोही स्थानमा रोकिराखेको ग १०प ५७२१ नम्बरको स्कुटर र अर्को एउटा मोटरसाइकल पनि ढलेको रुखले च्यपिएका प्रहरीले जनाएको छ। घटनामा अन्य तीन जना यात्रु पनि सामान्य घाइते भएका छन्।

रुखले च्यापिएर गम्भीर घाइते भएका दर्लामीलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

प्रकाशित: १८ चैत २०८० ७:४८ | Sunday, March 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast