आयरल्यान्ड ‘ए’ सँग दोस्रो टी-२० खेल्दै नेपाल ‘ए’

हिमाल प्रेस १७ चैत २०८० ७:२० | Saturday, March 30, 2024
आयरल्यान्ड ‘ए’ सँग दोस्रो टी-२० खेल्दै नेपाल ‘ए’ लोकेश बम ।

काठमाडौँ- नेपाल ‘ए’ टोली र आयरल्यान्ड ‘ए’ बीचको मैत्रीपूर्ण दोस्रो टी-२० खेल आज हुँदैछ।

दुई टोलीबीच हिजोदेखि सुरु भएको तीन खेलको टी-२० शृंखलाअन्तर्गत आज दोस्रो खेल हुन लागेको हो। खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ।

हिजो भएको पहिलो खेलमा नेपालको ‘ए’ टोली २१ रनले पराजित भएको थियो। यो श्रृंखला जोगाउन नेपालको टोलीलाई आज जित्नैपर्ने दबाब छ। श्रृंखलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमबार हुनेछ।

टी-२० शृंखलापछि यी दुई टोलीले बुधवारदेखि सुरु हुने तीन खेलको एकदिवसीय शृंखलामा खेल्नेछन्।

प्रकाशित: १७ चैत २०८० ७:२० | Saturday, March 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast