चार करोडबराबरको डेढ किलो कोकिनसहित दुई जना ब्राजिलियन पक्राउ

हिमाल प्रेस १६ चैत २०८० १८:४६ | Friday, March 29, 2024
चार करोडबराबरको डेढ किलो कोकिनसहित दुई जना ब्राजिलियन पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- काठमाडौं महानगरपालिका– १७, ठमेलस्थित होटलबाट अवैध लागुऔषध कोकिन १ किलो ४ सय ५५ ग्रामसहित २ जना ब्राजिलियन नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो डोस सानटोस र फर्नान्डा भेल डोस सानटोस रहेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरीले मंगलबार लारिसनलाई ८ सय ४० ग्राम र फर्नान्डालाई ५ सय ५० ग्राम अवैध लागुऔषध कोकिनसहित पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा दुवै जनाले ब्राजिलको साओपाउलोबाट कोकिनका क्याप्सुलहरू निलेर पेटमा लुकाई नेपाल ल्याएको खुल्न आएको छ।

साथै, उनीहरूको पेटमा थप क्याप्सुलहरू हुन सक्ने देखिएकाले तत्काल दुवै जनालाई नेपाल प्रहरी अस्पताल पठाइएकोमा लारिसनको पेटबाट थप छवटा प्लाष्टिकले र्‍यापिङ गरिएका क्याप्सुलभित्र कोकिन ६५ ग्राम बरामद भएको हो। बरामद गरिएको अवैध लागुऔषध कोकिनको अवैध बजारमूल्य ४ करोड ३६ लाख ५० हजार रुपैयाँ हुन आउने उक्त ब्युरोले जनाएको छ। उनीहरूउपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यससम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: १६ चैत २०८० १८:४६ | Friday, March 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast