‘लण्डन टु पेरिस’को पोस्टर सार्वजनिक

हिमाल प्रेस १६ चैत २०८० १२:११ | Friday, March 29, 2024
‘लण्डन टु पेरिस’को पोस्टर सार्वजनिक

काठमाडौँ- घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा फिल्मका मुख्य चार पात्रलाई प्रस्तुत गरिएको छ।

अभिनेत्री साम्राज्ञी आरएल शाह र डेब्यु अभिनेता निश्चल खड्का, अभिनेता कवीर खड्का र डेब्यु अभिनेत्री गरिमा शर्मा रोमान्टिक अवतारमा देखिएका छन्।

जेठ २५ मा प्रदर्शन हुने फिल्ममा यात्रीकाे प्रेमकथामा आधारित छ। फिल्ममा अन्य कलाकार रुष्मा थापा, मनिश श्रेष्ठ, मनिश गान्धीलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्मातामा छन्।

प्रकाशित: १६ चैत २०८० १२:११ | Friday, March 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast