‘सिनेमा साक्षरता अभियान’ सुरु

हिमाल प्रेस १५ चैत २०८० ९:५२ | Thursday, March 28, 2024
‘सिनेमा साक्षरता अभियान’ सुरु

काठमाडौँ- नेपालमा फिल्मसम्बन्धी अध्ययन गरिरहेको ‘अस्कर कलेज’ले आजदेखि ‘सिनेमा साक्षरता अभियान’ सुरु गरेको छ। अभिनयमा नेपालका दस सहरमा यही चैत २५ गतेसम्म सञ्चालन हुनेछ।

काठमाडौँसहित विराटनगर, इटहरी, जनकपुर, हेटौँडा, चितवन, बुटवल, दाङ, धनगढी र पोखरामा सञ्चालन हुने कलेजका प्रधानाध्यापक रामराज दाहालले जानकारी दिए।

नयाँ पुस्तालाई फिल्मसम्बन्धी जानकारी दिन अस्कर कलेज थाल्दैछ। ‘यसले नेपाली चलचित्रप्रतिको चासोलाई बढाउँछ भन्ने हाम्रो विश्वास छ’, उनले भने, ‘चलचित्रसम्बन्धी गतिविधि काठमाडौँ उपत्यकामा मात्र केन्द्रित गर्दा त्यसको प्रभाव मोफसलमा पर्न सकेको छैन। विभिन्न तहमा अध्ययनरत, परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै यो अभियान सुरु गरेका हौँ।’

अभियानमा हरेक सहरमा एक दिने कार्यशालामार्फत चलचित्रप्रतिको जिज्ञासा, यसमा भविष्य र जटिलता बारेमा जानकारी दिइने प्रधानाध्यापक दाहालले बताए।

प्रकाशित: १५ चैत २०८० ९:५२ | Thursday, March 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast