नेप्से परिसूचकमा गिरावट

हिमाल प्रेस १४ चैत २०८० १६:४१ | Wednesday, March 27, 2024
नेप्से परिसूचकमा गिरावट

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। बुधबार नेप्से परिसूचक १०.८३ अंकले घटेर दुई हजार ३०.८६ को विन्दुमा कायम भएको हो।

बुधबार तीन सय १० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता सेयर ४४ हजार दुई सय ४९ पटक खरिदबिक्री हुँदा दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार पाँच सय ३४ रुपैयाँ बराबरको कारोबार भएको छ।

उत्पादन तथा प्रशोधन समूह ०.९१ प्रतिशतले बढेको छ भने अन्य सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै वित्त समूह १.७२ र व्यापार समूह १.६० प्रतिशतले घटेको छ।

बुधबारको कारोबारमा सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ५.६६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको नौ करोड ७२ लाख २२ हजार तीन सय २० बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दुई लाख ३० हजार एक सय ८२ बराबरको कारोबार भएको छ।

प्रकाशित: १४ चैत २०८० १६:४१ | Wednesday, March 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast