मकवानपुरमा एम्बुलेन्स दुर्घटना हुँदा चालक गम्भीर घाइते

हिमाल प्रेस १३ चैत २०८० २१:२८ | Tuesday, March 26, 2024
मकवानपुरमा एम्बुलेन्स दुर्घटना हुँदा चालक गम्भीर घाइते

मकवानपुर- मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ स्थित सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटना भएको छ।

मंगलबार साँझ भएको दुर्घटनामा चालक पेमाररत्न तितुङ घाइते भएका छन्। चालक तितुङको अवस्था गम्भीर रहेको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश साहले जनाएका छन्।

उनको हेटौंडा १ मा रहेको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ।

बिरामी पुर्याएर फर्किंदै गरेको बागमती प्रदेश ०१–००३ झ ५८०६ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित हुँदा सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

भीरमा रहेको रुखमा अड्किएको एम्बुलेन्स क्षतिग्रस्त भएको छ।

प्रकाशित: १३ चैत २०८० २१:२८ | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast