दोस्रो टी-२० मा पनि नेपाल विजयी

हिमाल प्रेस १३ चैत २०८० १७:५६ | Tuesday, March 26, 2024
दोस्रो टी-२० मा पनि नेपाल विजयी

काठमाडौँ- आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ। नेपालले दोस्रो खेलमा आयरल्यान्ड ‘ए’ लाई ७१ रनले पराजित गरेको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलबार नेपालले जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको थियो।

जबाफमा आयरल्यान्ड ‘ए’ १८.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय २७ रनमा समेटिएको थियो। आयरल्यान्ड ‘ए’ का लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए।

बलिङतर्फ नेपालका कुशल मल्ल र सोमपाल कामीले तीनतीन तथा विवेक यादव, कुशल भुर्तेल र करण केसीले एकएक विकेट लिएका थिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनायो। नेपालका लागि गुल्सन झाले सर्वाधिक ४६ रनको योगदान दिए।

कुशल मल्लले ३४, कप्तान रोहितकुमार पौडेलले ३३, कुशल भुर्तेलले २५, सन्दीप जोराले २१, अनिल साहले १२ तथा आसिफ सेखले ११ रन बनाए। बलिङतर्फ आयरल्यान्ड ‘ए’ का म्याथ्यु फस्टरले तीन, बेन ह्वाइटले दुई तथा फिन ह्यान्ड र गेभिन होईले एकएक विकेट लिए।

प्रकाशित: १३ चैत २०८० १७:५६ | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast