हाम्रा विश्वविद्यालयमा विदेशी विद्यार्थी भित्र्याउन कठिन छैन : खेम लकाई [भिडिओसहित]

हिमाल प्रेस १३ चैत २०८० १६:२२ | Tuesday, March 26, 2024
हाम्रा विश्वविद्यालयमा विदेशी विद्यार्थी भित्र्याउन कठिन छैन : खेम लकाई [भिडिओसहित]

काठमाडौँ– गेट कलेजका संस्थापक खेम लकाईले प्राविधिक शिक्षामा केन्द्रित गर्ने हो भने नेपालका विश्वविद्यालयले धेरै विदेशी विद्यार्थी भित्र्याउन सक्ने बताएका छन्। उनले विदेशी विद्यार्थी आकर्षित हुन नसक्नु नीतिगत तहमा कमजोरी रहेको पनि औँल्याएका छन्।

हिमाल प्रेसको साप्ताहिक कार्यक्रम ‘एडट्क’ मा उनले भने, ‘हाम्रा विश्वविद्यालयहरू प्राविधिक शिक्षामा केन्द्रित हुने हो भने विदेशी विद्यार्थी भित्र्याउन कठिन छैन। त्यसका लागि इच्छाशक्ति चाहिन्छ।’

लकाईले गुणस्तरीय तथा व्यावहारिक शिक्षाका लागि नीतिगत तहमा सुधार गर्न सकिएको खण्डमा विद्यार्थी बाहिरबाट ल्याउन सक्ने बताए। उनले भने,‘नीतिगत तहमा सुधार गर्न सकिएको अवस्थामा बाहिरबाट विद्यार्थी ल्याउन सक्छौँ जसका कारणले हाम्रो नाम बढ्छ, इज्जत कमाइन्छ, पैसा पनि कमाइन्छ।’

ज्ञानको दायरामा कुनै पनि देश सानो र ठूलो नहुने लकाईको बुझाइ छ। काम गर्ने तरिका मात्र फरक हुने बताउँदै उनले जीवन उपयोगी शिक्षालाई शिक्षा नै नभन्नु नेपालको दुर्भाग्य रहेको टिप्पणी गरे। ‘उच्च शिक्षा पढ्ने मान्छे मात्रै शिक्षित भन्ने मानसिकता हटाउनुपर्छ। नेपालका विश्वविद्यालयको शिक्षाबाट एक खालको असन्तुष्टि छन्। असन्टुष्टिले नै सन्तुष्टको मार्ग पत्ता लगाउँछ’, लकाईले भने।

उनले युवा बिदेसिनुको दोष शिक्षा मात्र नभएको बताए। लकाईको भनाइ छ,‘युवा विदेश जानु शिक्षाको मात्र दोष होइन। युवा स्वतन्त्र छन्। स्वतन्त्र हुन चाहन्छन्। आर्थिक रूपमा सक्षम बन्न चाहन्छन्। ती चाहना पूरा गर्न उनीहरू जहाँ पनि जान सक्छन्।’

लकाईले नेपालका विश्वविद्यालयहरूले २१ औँ शताब्दी सुहाउँदो शिक्षा दिन नसकेको बताए। साथै विश्वविद्यालयहरू विषयविज्ञ उत्पादनमा चुकेको उनको भनाइ छ। लकाईले भने, ‘धेरैवटा विषय अध्ययन आवश्यक छैन। एउटा विषयमा विज्ञ भए पुग्छ। हाम्रो शिक्षा नीतिमा यो कुरा छुटाउनु हुँदैन।’ लकाईले थोरै पढ्ने, धेरै व्यावहारिक ज्ञान दिनेतर्फ विश्वविद्यालयहरूलाई रुपान्तरण गर्नुपर्नेपर्नेमा जोड दिए।

 

प्रकाशित: १३ चैत २०८० १६:२२ | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast