महाधिवेशनका लागि संगठनात्मक र प्रचारात्मक काममा जुट्यो जसपा

हिमाल प्रेस १३ चैत २०८० ८:५३ | Tuesday, March 26, 2024
महाधिवेशनका लागि संगठनात्मक र प्रचारात्मक काममा जुट्यो जसपा

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको अहिलेका पाँचवटा मुख्य कार्यभार पहिल्याएको छ।

पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने पार्टीको नीति तथा कार्यक्रम मस्यौदा समितिको बैठकबाट पार्टीका मुख्य कार्यभार तय गरिएको हो।

जसमा जसपाले वैचारिक राजनीतिक काम, संगठनात्मक काम, प्रचारात्मक कामलाई अहिलेको मुख्य कार्यभारको रुपमा समेट्ने भएको छ।

त्यस्तै पार्टी एकीकरण, संयुक्त मोर्चा र कार्यगत एकतलाई पनि मुख्य कार्यभारको रुपमा मस्यौदा समितिको बैठकबाट पारित गरिएको छ।

यसैगरी सरकार, संसद् र जनसंघर्षलाई पनि मुख्यकार्यभारमध्येको अर्को कार्यभार हुने गरी दस्ताबेजको मस्यौदा तयार गर्न लागिएको छ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ नेतृत्वको समितिले उक्त मस्यौदा तयार गर्ने जिम्मेवारी पाएको छ।

प्रकाशित: १३ चैत २०८० ८:५३ | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast