‘साम्राज्य’ निर्माण घोषणा

हिमाल प्रेस १० चैत २०८० ९:३९ | Saturday, March 23, 2024
‘साम्राज्य’ निर्माण घोषणा

काठमाडौँ- निर्देशक बाबु साहेव बलामीको निर्देशनमा निर्माण हुने सिनेमा ‘साम्राज्य’को निर्माण घोषणा गरिएको छ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको औपचारिक निर्माण घोषणा गरिएको हो।

सिनेमामा भोजपुरी अभिनेता कुन्दन भारद्वाज, देव सिंह, प्रशान्त ताम्राकार, अनुजा लेप्चाको मुख्य भूमिका रहनेछ । सिनेमाको घोषणा कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामीले सिनेमालाई सफलताको शुभकामना दिए।

निर्देशक बलामीले सिनेमा नेपाली र हिन्दी गरी दुई भाषामा रिलिज गरिने जानकारी दिए । उनको प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘देब वाणी’ पनि दुई भाषामा नै तयार गरिएको छ। हरिबहादुर घलेले खिच्ने सिनेमामा शंकर अधिकारी घायलले गीत रचना गर्नेछन्।

अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुने सिनेमामा हिरा बहादुर लेप्चा र पूर्णिमा लेप्चाको लगानी रहनेछ।

जेष्ठ अन्तिमबाट फ्लोरमा जाने इन्डो नेपाली सिनेमामा केही नेपाली र भारतीय कलाकार छनोटको चरणमा रहेको निर्माण टिमले जनाएको छ। एक्सन जनरामा निर्माण हुने सिनेमालाई उत्कृष्ट बनाउने निर्माता हिराबहादुर लेप्चाले बताए।

प्रकाशित: १० चैत २०८० ९:३९ | Saturday, March 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast