दोलखामा ट्रयाक्टर दुर्घटना, दुईजनाको मृत्यु

हिमाल प्रेस १० चैत २०८० ८:३५ | Saturday, March 23, 2024
दोलखामा ट्रयाक्टर दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौँ- दोलखामा​ ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।

सुरीबाट सिंगटी जाँदै गरेको लु३त ९७०३ नम्बरको ट्र्याक्टर सामेली भोर्ले भन्ने स्थानमा शुक्रबार साँझ सवा ६ बजेतिर दुर्घटना ​भएको हो।

दुर्घटनामा चालक गौरीशंकर गाउँपालिका ५ तिनेखुका चालक २३ वर्षीय बुद्धिवीर तामाङ र ४३ वर्षीय अमृत तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी दीपक खड्काले जानकारी दिए।

दुर्घटनामा घाइते भएका १९ वर्षीय पेम्बा तामाङलाई थप उपचारका लागि राति नै काठमाडौं ल्याइएको छ। ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ।

दुर्घटनाको कारणबारे अनुन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १० चैत २०८० ८:३५ | Saturday, March 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast