विश्वविद्यालयलाई ज्ञान प्राप्त गर्ने थलोमा मात्र सीमित गर्नु हुँदैन : बस्नेत

हिमाल प्रेस ९ चैत २०८० १३:४८ | Friday, March 22, 2024
विश्वविद्यालयलाई ज्ञान प्राप्त गर्ने थलोमा मात्र सीमित गर्नु हुँदैन : बस्नेत

ललितपुर- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले क्याम्पस तथा विश्वविद्यालयलाई ज्ञान उत्पादन गर्ने केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

नवआगन्तुक विद्यार्थीको स्वागतमा अखिल (क्रान्तिकारी) पाटन क्याम्पस कमिटीद्वारा आयोजित कार्यक्रममा उनले क्याम्पस र विश्वविद्यालयलाई ज्ञान प्राप्त गर्ने थलोमात्र सीमित नगरेर ज्ञान उत्पादन गर्ने केन्द्रका रुपमा विकास गर्दै मुलुकलाई समृद्धिको दिशामा लैजान सक्नुपर्ने बताए।

‘गौरवशाली इतिहास बोकेको यो क्याम्पसको आफ्नै महत्व छ। अहिलेका प्रधानमन्त्रीले २०२८/२९ तीर यही क्याम्पसमा पढ्नुभएको थियो। उच्च शिक्षा हासिल गर्ने जिम्मेवारी पूरा गर्दै मुलुक र देशको भविष्य निर्माणका लागि क्रियाशील रहन विद्यार्थी भाइबहिनीमा आग्रह गर्दछु’, मन्त्री बस्नेतले भने।

उनले मुलुकको स्वाभिमान र स्वाधीनताका लागि त्याग गर्ने सहिदको योगदानमा खडा भएको अखिल (क्रान्तिकारी) ले मुलुकको राजनीतिक जीवनमा परिवर्तन ल्याउन सङ्घर्ष गरेको बताए।

मन्त्री बस्नेतले बदलिदो परिवेशसँगै इतिहास र आदर्शलाई मुलुकको आवश्यकता र सन्दर्भसँग जोडेर ज्ञान उत्पादनतर्फ लाग्न विद्यार्थीलाई आग्रह गरे।

प्रकाशित: ९ चैत २०८० १३:४८ | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast