‘बलिदान’बाट विराज पुत्र समीर भट्टकाे डेब्यु

हिमाल प्रेस ९ चैत २०८० ११:५२ | Friday, March 22, 2024
‘बलिदान’बाट विराज पुत्र समीर भट्टकाे डेब्यु

काठमाडौँ- फिल्म ‘बलिदान’को पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेता विराज भट्टका छोरा समीर भट्टलाई देख्न सकिन्छ। समीरले यही फिल्मबाट डेब्यु गर्न लागेका हुन्। समीरले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वसम्बन्धि तालिम लिइरहेका थिए।

फिल्म छायांकन अघिनै सार्वजनिक फिल्मको टिजरले व्यापक चर्चामा पाइरहेको छ। फिल्म देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथामा आधारित हुनेछ। युग पुरुषको भूमिकामा समीर देखिनेछन्।

फिल्म सन्तोष सेनले निर्देशन गर्नेछन्। निर्देशक सेनले फिल्मलाई एक सार्वभौम महाकथा भनेका छन्। फिल्मले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र आफू राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई निमिट्यान्न पार्नुपर्ने सन्देश दिने निर्देशक सन्तोषले बताए।

फिल्मका प्रस्तुतकर्ता निर्देशक सन्तोष स्वयं हुन्। फिल्म आगामी दसैँमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक दर्शन जीको पटकथा लेखन रहने फिल्मको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन्।

पवन ब्राडफोर्ड बिस्टले निर्माण गर्ने फिल्मका कार्यकारी निर्मातामा चक्र बहादुर चन्द र प्रेम पुरी रहनेछन्। आसुसेन फिल्म्सको ब्यानरमा बन्नेछ।

प्रकाशित: ९ चैत २०८० ११:५२ | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast