‘मनसरा’को टिजर सार्वजनिक

हिमाल प्रेस ८ चैत २०८० १७:०९ | Thursday, March 21, 2024
‘मनसरा’को टिजर सार्वजनिक

काठमाडौँ- फिल्म ‘मनसरा’को टिजर सार्वजनिक भएको छ। दुई मिनेट १६ सेकेन्डको टिजरमा फिल्मका प्रमुख कलाकार दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानलाई देख्न सकिन्छ। टिजरमा झोला बोकेर भौंतारिरहेका दयाहाङ, लिम्बुनी मिरुना, बाजे प्रविण र उनकी नेवार्नी पत्नि मेनुकाबीचको अन्तसम्बन्ध कथा प्रस्तुत गरिएको छ।

सामाजिक कथावस्तुमा आधारित फिल्ममा दया, मिरुना, प्रविण र मेनुकाका अलवा शन्ति गिरि, लोकमणि सापकोटा, विद्या कार्की, लक्ष्मण विक्रम वस्नेत, सरोज अर्याल, क्षीतिज लिम्बू, बिशाल लिम्बू, बासु खनाल, सुनिल तामाङको अभिनय छ। आगामी वैशाख २१ गते प्रदर्शन हुने फिल्मका निर्देशक उपेन्द्र सुब्बा हुन्। उनले यसअघि गत वैशाखमा ‘जारी’ फिल्मको निर्देशन गरेका थिए। जुन यसवर्षको ब्लकबस्टर फिल्म मानिन्छ।

कबड्डी फिल्मस्को ब्यानरमा बनको फिल्मका निर्माता छायांकार शैलेद्र ध्वज कार्की हुन्। निर्देशक सुब्बाकै लेखन रहेको फिल्म शैलेन्द्र ध्वज कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादनमा बनेको छ।

यस्तो छ टिजर

प्रकाशित: ८ चैत २०८० १७:०९ | Thursday, March 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast