१८ वर्ष प्रचण्डसँग सहकार्य गरेका शर्माले त्यागे माओवादी

हिमाल प्रेस ८ चैत २०८० १२:२६ | Thursday, March 21, 2024
१८ वर्ष प्रचण्डसँग सहकार्य गरेका शर्माले त्यागे माओवादी

काठमाडौँ- नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकबाट राजीनामापत्र सार्वजनिक गर्दै उनले माओवादी केन्द्रमाथि विभिन्न आरोप पनि लगाएका छन्।

‘प्रधानमन्त्री प्रचण्डज्यूले दैनिक जसो अभिव्यक्तिमा सुशासन, समृद्धि र समाजिक न्यायको कुरा जति नै गरे पनि माओवादी पार्टी का प्रमुख पदाधिकारीहरु विभिन्न भ्रष्टाचार काण्डमा संलग्न हुनु! माओवादी पार्टी, पार्टी नभएर गुटै गुटका महासंघ को रूपमा रुपान्तरण हुनु’, उनले राजीनामा पत्रमा लेखेका छन्। उनले आफू भूमिगत हुँदा ३ वर्ष र खुला राजनीतिमा आएपछि १५ वर्ष प्रचण्डसँग काम गरेको बताएका छन्।

शर्माले १० वर्षे जनयुद्धको दौरान आफैंले उठाएको मुद्दाबाट च्युत हुँदै जानु र जनादेश विपरीत विदेशी शक्तिको आडभरोसामा सरकारमा रहनकै लागि पटकपटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाइ अन्नत अध्याँरो दिशातर्फ धकेलेको महसुस गरेको पनि उल्लेख गरेका छन्।

शर्माले भनेका छन्, ‘यस्तो अवस्थामा माओवादी पार्टीमा बसिरहन मेरो नैतिकताले दिएन। तसर्थ आजकै मितिबाट म राम कुमार शर्मा नेकपा माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको छु।’

प्रकाशित: ८ चैत २०८० १२:२६ | Thursday, March 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast