बलिउड अभिनेत्री ज्याकलिन नेपाल आउँदै

हिमाल प्रेस ७ चैत २०८० १२:२२ | Wednesday, March 20, 2024
बलिउड अभिनेत्री ज्याकलिन नेपाल आउँदै

काठमाडौँ- बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपाल आउने भएकी छन। ३० मार्च अर्थात् चैत १७ गते हुने आर बि डायमण्ड ज्वेलर्सको २७ औं वार्षिकोत्सवमा उनी नेपाल आउन लागेकी हुन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले दिएको जानकारीअनुसार ज्वेलरी रन वेमा ज्याकलिन शो स्टपरको रुपमा देखिनेछिन्। सोही रनवेका लागि आउन लागेका मोडल किम गुडबर्नले पुरुष डायमण्ड कलेक्सन प्रस्तुत गर्ने आयोजकले जनाएको छ।

ज्याकलिनले भिडियो सन्देशमार्फत आफू नेपाल आउन लागेकोमा खुशी व्यक्त गरेकी छन्। ज्याकलिन आउने खबरसहित आरबी डायमण्डले लोगो पनि सार्वजनिक गरेको छ। साथै आरबीले लोगोसँगै व्यावसायिक दूतको रुपमा चर्चित कन्टेन्ट क्रिएटर तथा डिजाइनर रेहान श्रेष्ठलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको घोषणा पनि गरेको छ।

कार्यक्रममा आयोजकले आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरु प्रदर्शन गर्नेछ। आरबी डायमण्ड ज्वेलर्स सन् १९९७ बाट सञ्चालनमा आएको हो।

प्रकाशित: ७ चैत २०८० १२:२२ | Wednesday, March 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast